काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स लिमिटेड (नेप्स), भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएको छ ।
भिसाद्वारा आयोजित गरिएको लिडरशीप कन्क्लेभ २०२३ मा नेप्सले पेमेन्ट प्रोसेसिङ्गमा उत्कृष्टताका लागि सो अवार्ड प्राप्त गरेको हो । गत वर्ष पनि नेप्स सोही अवार्डबाट सम्मानित भएको थियो ।
उक्त समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, अमेरिकी दूतावासका राजनीतिक तथा आर्थिक प्रमुख मार्क टेम्पलर, नेपालका लागि भिसाका प्रतिनिधि सौम्य बासुलगायत अतिथिको उपस्थिति थियो ।
१२ वटा बैंक तथा वित्तीय संस्थाहरुद्वारा स्थापित एवम् सञ्चालित नेप्स नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालकका साथै पीसीआईएसएससी को बोर्ड अफ एड्भाइजरी र पीसीआईडीएसएस भर्सन ४.२ तथा पीसीआई पिन प्रमाणित संस्था पनि हो ।
नेप्सले बैंक तथा वित्तीय संस्थाहरुको लागि कार्डमार्फत विद्युतीय भुक्तानी सम्बन्धि कार्य गर्ने साझा प्लेटफर्मको रुपमा विस्तारित हुँदै अन्य सेवाहरु पनि प्रदान गर्दै आइरहेको छ । हाल नेप्सले ११ वटा बैंक तथा वित्तीय संस्थाहरु लाई भिसा, मास्टरकार्ड तथा युनियन–पे कार्ड सञ्जालहरूमार्फत कारोबारका लागि होस्टिङ र स्विचिङ सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS