काठमाडौं । नेप्से सूचकमा प्रि ओपन सेसनमा सामान्य बढोत्तरी देखिएको छ ।
बजार मापन गर्ने सूचक ०.०३ अंकले बढेर परिसूचक २२२७.२० बिन्दुमा रोकिएको छ । ४७ कम्पनीको १२ हजार २३७ कित्ता सेयर ३९ लाख ५० हजार ४९२ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा २५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ वटाको घटेको छ ।
कारोबारमा निर्जीबन बिमा, लगानी, जलविद्युत, होटल, विकास बैंक समूहको उप सूचक बढेको छ भने बैंकिङ, वित्त, जीवन बिमा, उत्पादन तथा प्रशोधन समूहको उपसूचक घटेको छ ।
FACEBOOK COMMENTS