काठमाडौं । नेप्सेमा फेरि दोस्रो सर्किट लागेको छ । कारोबार सुरु भएको ५ मिनेट मै नेप्से सूचक ४ प्रतिशतले बढेपछि २० मिनेटको कारोबार रोक्का भएको थियो भने पुन: कारोबार सुरू भएको केही मिनेटमै ५ प्रतिशतले बजार बढेर ४० मिनेटका लागि कारोबार स्थगित भएको हो ।
यसैअनुसार नेप्सेमा पुन: दोस्रोपटक सकारात्मक सर्किट लागेको हो । ११ बजेर २७ मिनेट जाँदा नेप्सेमा दोस्रो पटक सर्किट लागेको हो । दोस्रो पटक बजार खुलेको करिब ५ मिनेटमै पुन: सर्किट लागेको थियो ।
कसरी हुन्छ कारोबार बन्द ?
कारोबार शुरु भएको पहिलो घण्टा अर्थात ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले, दोस्रो घण्टा अर्थात १२ देखि १ बजेको बीचमा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।
FACEBOOK COMMENTS