काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ४ दशमलव ९२ विन्दुले बढेको छ ।
यससँगै नेप्से सूचक १९९० दशमलव ३६ अंकमा आएको छ ।
यो सेसनमा १३ लाख ४६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल ४९ कम्पनीको ५४ सय १७ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ११२ वटा कारोबार भएको हो । ३७ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ ।
बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS