काठमाडौं । सेयर बजार बढेसँगै कम्पनीको सेयर मूल्यमा पनि वृद्धि हुँदै गएको छ । बुधबार दिउँसो १२ बजेसम्म ३ कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बीपीडब्लू लघुवित्त, ह्याथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड र रिपब्लिका मिडियाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ । सबाइको लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.८७ प्रतिशत र सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको ९.१४ प्रतिशतले वृद्धि भएको छ ।
FACEBOOK COMMENTS