काठमाडौं । साताको पहिलो दिन नै १० कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । आइतबार दिउँसो १२ बजेसम्म ६ कम्पनीको शेयर मूल्य १० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड, सामलिंग पावर कम्पनी लिमिटेड, वीपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड, माई खोला हाइड्रोपावर लिमिटेड, माथिल्लो मेलुन खोला जलविद्युत लिमिटेड र चिर्ख्वा हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।
त्यस्तै, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड र नेपाल वेयरहाउसिङ कम्पनी लिमिटेडको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।
FACEBOOK COMMENTS