काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । लगातार चौथो दिनसम्म ओरालो लागेको शेयर बजार आज १० दशमलव १४ अंकले बढेर २०३९ दशमलव २० को विन्दुमा कायम भएको छ ।
मंगलबार ३१० कम्पनीको ६८ लाख ४२ हजार ३९२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । मंगलबारका दिन शिवम् सिमेन्ट, सोनापुर, जोशी हाइड्रोपावर र गोर्खाज फाइनान्स लगायतका कम्पनीहरुको सर्वाधिक कारोबार भएको छ । आज शिवम् सिमेन्टको नौ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
मंगलबार तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज विन नेपाल लघुवित्त, दोल्ती पावर कम्पनी र सर्बोतम सिमेन्टको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज दुई कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । आज किसान लघुवित्त र बुद्धभुमि नेपालको शेयरमा नकारात्मक सर्किट लागेको हो ।
FACEBOOK COMMENTS