काठमाडौं । आज विहिबार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार ४ दशमलव ७८ अंकले बढेर २०३५ दशमलव ६४ को विन्दुमा कायम भएको छ ।
विहिबार ३१३ कम्पनीको ६६ लाख १२ हजार ८८५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६५ करोड २६ लाख ९० हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सर्वोतम सिमेन्ट, शिवम् सिमेन्ट, सोनापुर, पिपुल्स पावर र गोर्खाज फाइनान्स लगायतका कम्पनीहरुको सर्वाधिक कारोबार भएको छ ।
FACEBOOK COMMENTS