काठमाडौं । मंगलबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार आज १ दशमलव ८५ अङ्कले घटेर नेप्से परिसूचक दुई हजार १० दशमलव २१ विन्दुमा रोकिएको छ ।
यस दिन ३१२ धितोपत्रको ६१ लाख ३१ हजार ६२१ कित्ता शेयर ४६ हजार २३५ पटक खरिदबिक्री हुँदा दुई अर्ब २९ करोड १६ लाख ४५ हजार ५८५ रुपैयाँ ४९ पैसा बराबरको शेयर कारोबार भएको छ ।
FACEBOOK COMMENTS