काठमाडौं । आज बुधबार नेप्से परिसूचक ५ दशमलव ७७ अङ्कले घटेर दुई हजार ४ दशमलव ४४ विन्दुमा कायम हुँदा गुराँस लघुवित्त वित्तीय संस्थाले सर्वाधिक कमाइ गरेका छन् भने रिभर फल्स पावर लिमिटेडका शेयरधनीले सर्वाधिक गुमाएका छन् ।
आजको शेयर बजारमा गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले वृद्धि भइ सकारात्मक सर्किट लागेको थियो । यस्तै, वीन नेपाल लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९७ , मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९ दशमलव ९१ , गणपति लघुवित्त वित्तीय संस्थाको ८ दशमलव ३९ , श्रीजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा ७ दशमलव ६९ प्रतिशतले वृद्धि आएको छ ।
त्यस्तै, सर्पोट माईक्रोफाइनान्स, सूर्यज्योति लाइफ, साधना लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, विजय लघुवित्तको शेयर मूल्य हिजोको तुलनामा आकर्षक वृद्धि भएको छ ।
साथै, रिभर फल्स पावर लिमिटेड ४ दशमलव ४०, मनकामना इनर्जी हाइड्रोपावर लिमिटेडको ४ दशमलव १० , बोटलर्स नेपाल (तराई) लिमिटेडको ३ दशमलव ७६ ,
कर्पोरेट विकास बैंक लिमिटेडको ३ दशमलव ५९ र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य ३ दशमलव ४७ प्रतिशतले घटेका छन् ।
FACEBOOK COMMENTS