काठमाडौं । आइतबार सामान्य अङ्कले वृद्धि भएको नेप्से परिसुचक सोमबार उच्च अङ्कले घटेको छ । आज नेप्से सूचक १५.४१ अङ्कले घटेर १९६९.०२ बिन्दुमा रोकिएको हो ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.८० अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स १.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०७ अङ्कले घटेको छ ।
यस दिन ३२० कम्पनीको ५६ लाख ५६ हजार २८२ कित्ता शेयर ३८ हजार ५५२ पटक खरिदबिक्री हुँदा दुई अर्ब ५ करोड ८३ लाख ५ हजार १८५ रुपैयाँ १९ पैसा बराबरको शेयर कारोबार भएको छ ।
अघिल्लो कारोबार दिन बिहीबार १२ दशमलव २९ अङ्कले बढेर नेप्से परिसूचक एक हजार ९८४ दशमलव ४३ विन्दुमा रोकिएको थियो भने ३१० धितोपत्रको ६३ लाख ९३ हजार २४५ कित्ता शेयर ४७ हजार ११७ पटक खरिदबिक्री हुँदा दुई अर्ब २५ करोड ९९ लाख ५९ हजार ४५६ रुपैयाँ ८९ पैसा बराबरको शेयर कारोबार भएको थियो ।
सोमबार गोर्खाज फाइनान्सको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ११ करोड ५४ लाख ७९ हजार रुपैयाँको शेयर किनबेच भएको हो । साथै, जोशि हाइड्रोपावरको १० करोड १० लाख रुपैयाँ, सर्वोत्तम सिमेन्टको ५ करोड ८४ लाख रुपैयाँ र सोनापुरको ४ करोड ८९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
FACEBOOK COMMENTS