काठमाडौं । लगानी सम्मेलनको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आइतबार १४.३३ अंकले बढेर परिसूचक १९८०.२७ को विन्द्रुमा रोकिएको छ ।
आज २ अर्ब ६८ करोड २५ लाख ८६ हजार बढीको कारोबार भएको छ । यस दिन सबैभन्दा धेरै शेयर मूल्य पोखरा फईनान्सको बढेको छ । फोखरा फाईनान्सको शेयर मूल्य ९.८४ प्रतिशतले बढ्दा प्रोग्रेसिभ फाईनान्सको ७.६२, श्री ईन्भेष्टमेन्ट फाईनान्सको ६.८०, वेष्ट फाईनान्सको ६.७८ र किसान लघुवित्तको शेयर मूल्य ५.९३ प्रतिशतले बढेको छ ।
आज कारोबारमा आएका मध्ये १८० वटा कम्पनीको शेयर मूल्य बढ्यो भने ५५ कम्पनीको मूल्य घटेको छ । त्यसैगरी, ९ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।
आइतबार फाईनान्स कम्पनीको उपसूचक सबैभन्दा धेरैले बढेको छ । फाईनान्सको उपसूचक ३.९८ प्रतिशतले बढ्दा विकास बैंकको २.२३ प्रतिशतले बढेको छ ।
आज ट्रेडिङको बाहेक सबै उपसूचक बढेको छ ।
FACEBOOK COMMENTS