काठमाडौं । साताको पहिलोे कारोबार दिन आज आइतबार शेयरबजारमा दोहोरो अङ्कको गिरावट आएको छ ।
आज १४.६७ अङ्कले घटेर नेप्से परिसूचक २ हजार ६१६ दशमलव ६७ विन्दुमा झरेको छ । आज कारोबारमा आएका २२४ ओटा धितोपत्रको ४२ लाख ८७ हजार ५६९ कित्ता शेयर ३५ हजार २१२ पटक खरीदविक्री हुँदा २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९० रुपैयाँ ५२ पैसा बराबरको शेयर कारोबार भएको छ ।
आज नेप्सेसहित सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स तथा सेन्सेटिभ फ्लोट इन्डेक्स सबै राताम्य भएका छन् भने लगानीबाहेक सबै उपसूचकहरू ऋणात्मक बनेका छन् । आज लगानी समूहमा भने १ दशमलव ६६ प्रतिशतले बढेको छ ।
FACEBOOK COMMENTS