काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ० दशमलव ५२ विन्दुले बढेको छ । यससँगै सूचक १८४८ दशमलव ०६ अंकमा आएको छ । यो सेसनमा २ लाख ३२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल १२ कम्पनीको ६ सय ४५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा ३८ पटक सेयर कारोबार भएको हो । यस दिन ६ कम्पनीको भाउ बढ्दा ४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS