काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ दशमलव १७ अंकको सुधार आएको छ ।
दिनभर तीव्र घटबढ भइरहेको नेप्से परिसूचक अन्तिम समयसम्ममा ०।२७ प्रतिशतले बढेर बन्द भएको हो । यससँगै, परिसूचक १८६३ अंकमा पुगेर रोकिएको छ ।
७८ करोड २७ लाख रुपैयाँ बराबरको ३१ लाख ५७ हजार कित्ता सेयर किनबेच हुँदा १२४ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, ९३ कम्पनीको सेयर मूल्य घट्दा २२ कम्पनीको सेयर मूल्यमा भने केही परिवर्तन भएको छैन ।
परिसूचक बढ्दा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८ दशमलव ०७ प्रतिशतले बढेको छ । यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा ६ दशमलव ३८ प्रतिशतको गिरावट आएको छ । यसक्रममा आज सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेडको सेयर सबैभन्दा धेरै ५ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ ।
FACEBOOK COMMENTS