काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा माछापुच्छ्रे बैंकको १ करोड ३६ लाख ४२ हजार १७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
यो बैंकको असोज १८ गते बसेको साधारण सभाले लाभांश प्रस्ताव पारित गरेको थियो ।
बैंकको चुक्ता पुँजीको १३ दशमलव ३० प्रतिशत बोनस सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत उक्त बोनस सेयर सम्बन्धीत सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा किनबेच गर्न सक्नेछन् ।
FACEBOOK COMMENTS