काठमाडौं । कारोबारको दोस्रो दिन शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले घटेको छ । सोमबार सामान्य वृद्धि भएको नेप्से सुचक आज २३ दशमलव ८२ अंकले घटेर १ हजार ८ सय २९ दशमलव ६५ को बिन्दुमा बजार बन्द भएको हो ।
आज ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ कम्पनीको घटेको छ र ५ वटा कम्पनीको शेयरमूल्य स्थिर छ ।
नेप्सेका अनुसार आज २८५ कम्पनीको ९५ करोड ४ लाख ७९ हजार ५ सय ८३ रुपैयाँ ९१ पैसाको सेयर किनबेच भएको छ । जसमध्ये हिमालय डिस्टीलरीको ७ करोड ७८ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ भने सोनापुर मिनरल्सको ४ करोड ३९ लाख रुपैयाँ बढीको सेयर खरिदबिक्री भएको छ ।
FACEBOOK COMMENTS