काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सोमबार पनि सेयरबजारमा उच्च अङ्कको गिरावट आएको छ ।
आज २९.९८ अङ्कले घटेर नेप्से परिसूचक २ हजार ५४२ दशमलव २८ विन्दुमा झरेको छ । आज कारोबारमा आएका २३१ ओटा धितोपत्रको ४९ लाख ५८ हजार ९१४ कित्ता शेयर ४२ हजार ७१२ पटक खरीदविक्री हुँदा २ अर्ब ५४ करोड ५३ लाख २१ हजार ८१३ रुपैयाँ ९४ पैसा बराबरको शेयर कारोबार भएको छ ।
अघिल्लो कारोबार दिन ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१५ रुपैयाँ ७८ पैसा बराबरको शेयर कारोबार भएको थियो । उक्त दिन नेप्से पसिूचक ४१.४३ अङ्कले घटेर २ हजार ५७२ दशमलव २३ विन्दुमा रोकिएको थियो ।
आज नेप्सेसहित सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स तथा सेन्सेटिभ फ्लोट इन्डेक्स सबै ऋणात्मक बनेका छन् भने सबै उपसूचकहरू पनि राताम्य बनेका छन् ।
उच्च अङ्कले बजार घट्दा पनि राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । राष्ट्र उत्थानको सेयर मूल्य आज १० प्रतिशतले बढ्दै प्रतिकित्ता ९९१ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्यमा ९ दशमलव ९९ प्रतिशतले बढेर प्रतिकित्ता ९२० रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ ।
FACEBOOK COMMENTS