काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से ९ दशमलव ८७ अंकले बढेर एक हजार ८ सय ६० दशमलब २० विन्दुमा बन्द भएको हो । बुधबार नेप्से २० दशमलव ६७ अंकले बढेर एक हजार ८ सय ५० दशमलब ३३ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज एक अर्ब ३४ करोड ८३ लाख ४७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार एक अर्ब ८ करोड ७० लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबार भएकामध्ये १९५ कम्पनीको शेयरमूल्य बढेको छ भने ४० कम्पनीकोे शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य ९ दशमलव ९७ प्रतिशतले बढेको छ ।
FACEBOOK COMMENTS