काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २ दशमलव ३५ विन्दुले घटेको छ ।
यससँगै नेप्से सूचक १८७४ दशमलव २४ अंकमा आएको छ । यो सेसनमा ३ लाख २८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल २४ कम्पनीको १४ सय ७५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २८ वटा कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा १६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS