काठमाडौं । मंगलवार सेयर बजार परिसूचक नेप्सेमा १० दशमलव १० अंकको गिरावट आएको छ ।
यो सँगै परिसूचक १ हजार ८ सय ३७ द्यशमलव ७१ विन्दुमा झरेको छ ।
आज ४६ लाख ९८ हजार ६ सय ८२ कित्ता शेयर २ सय ९२ पटक खरिदविक्री हुँदा जम्मा १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव ५४ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव ६० प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव ४३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ४० प्रतिशत गिरावट आएको छ ।
FACEBOOK COMMENTS