काठमाडौं । साताको पहिलो कारोबार दिन गत आइतबार ६ प्रतिशत बढेर कारोबार समयअगाडि नै बन्द भएको नेप्से परिसूचक एक दिनको करेक्सनपछि आज पुन: बढेको छ ।
हिजो सोमबार १५ दशमलव ४० अङ्कले करेक्सन आएको बजार आज पुन: ३६ दशमलव ८६ अङ्क अर्थात १ दशमलव ८९ प्रतिशतले बढेको हो । यो सँगै नेप्से परिसूचक एक हजार ९८५ दशमलव ४४ विन्दुमा उक्लिएको छ ।
यसअघि राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि पहिलो पटक खुलेको शेयर बजारमा गत आइतकार १११ अङ्कको वृद्धि आएको थियो । तर, हिजो सोमबार केही करेक्सन भएको बजारमा आज पुन: दोहोरो अङ्कको वृद्धि देखिएको हो । योसँगै बजारले बुल रन पछ्याउने सङ्केत समेत दिएको छ ।
आज १ करोड २४ लाख ६३ हजार १६८ कित्ता शेयर ९५ हजार ४३३ पटक खरिदबिक्री हुँदा ४ अर्ब ३० करोड, ९० लाख १९ हजार १९६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सूचीकृत सबै समूहका सूचक आज बढेका छन् । होटेल तथा पर्यटन, फाइनान्स, हाइड्रोपावर, जीवन बिमालगायतका समूहमा बढी आकर्षण देखिएको छ । ११ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा माथि सर्किट लेबलसम्म वृद्धि भएको छ ।
आज २९७ कम्पनीको १ करोड २४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको हो ।
FACEBOOK COMMENTS