काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार आज ६ दशमलव ५५ प्रतिशतले बढेर नेप्से परिसूचक एक हजार ९९४ दशमलव ६० विन्दु पुगेको छ ।
यस दिन ३०० धितोपत्रको ९६ लाख ३७ हजार ४५५ कित्ता शेयर ६६ हजार ९५५ पटकमा रू. ३ अर्ब १५ करोड बराबरको शेयर कारोबार भएको छ ।
कारोबारमा आएका धितोपत्रमध्ये बोटलर्स नेपाल बालाजु, हिमालयन लघुवित्त, नेपाल हाइड्रो, नेपाल रिपब्लिक मिडिया, नेपाल इन्स्योरेन्स, दोल्ती पावर, मिड सोलु र मुक्तिनाथ कृषि कम्पनी र आँखु खोला जजलविद्युत् कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यी कम्पनीहरूको शेयर मूल्यमा आज ९ दशमलव ५७ देखि १० प्रतिशतसम्म बढेको छ ।
हिजो बुधबार नेप्से परिसूचक २ दशलमव ६० अंकले बढेर १ हजार ९८८ दशमलव ०४ विन्दुमा कायम भएको थियो । उक्त दिन २९२ धितोपत्रको १ करोड २० लाख ९५ हजार ५३९ कित्ता शेयर ८१ हजार ४५१ पटकमा रू. ३ अर्ब ९० करोड बराबरको शेयर कारोबार भएको थियो ।
५९ अङ्कले घट्यो नेप्से सूचकाङ्क, बजार पुँजीकरण बढ्यो
FACEBOOK COMMENTS