काठमाडौं । आज नेप्से परिसूचक करिब ३३ अंक अर्थात् ३२ दशमलव ७७ अंकले घटेको छ ।
बजार दोहोरो अंकले करेक्शन हुँदा पनि आज कारोबारमा आएका धितोपत्रमध्ये बोटलर्स नेपाल बालाजु, आशा लघुवित्त, धवलागिरी लघुवित्त, बीपीडब्ल्यू लघुवित्त, चिरख्वा हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
यस्तै, भिजन लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी, नेपाल रिपब्लिक मिडिया, माण्डु हाइड्रो, नेपाल वेयरहाउजिङ कम्पनी, हिमालयन हाइड्रो र मिड सोलु हाइड्रो पावर कम्पनीको शेयर मूल्यमा ९ दशमलव २७ देखि ९ दशमलव ९९ प्रतिशतसम्मले वृद्धि भएको छ ।
यस्तै, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा सबैभन्दा बढी ७ दशमलव ४४ प्रतिशतले गिरावट आएको छ । यसैगरी उन्नती सहकार्य, सनलाइज फर्स्ट म्युचहल फण्ड, ग्रामीण विकास लघुवित्त र युनियन हाइड्रोपवार कम्पनीको शेयर मूल्य पनि आज घटेको छ ।
निरन्तर बढिरहेको शेयर बजारमा दोहोरो अंकको करेक्शन, कारोबार रकम पनि घट्यो
FACEBOOK COMMENTS