काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार आज २१ दशमलव ०३ अङ्क अर्थात् ० दशमलव ९९ प्रतिशतले घटेर नेप्से परिसूचक दुई हजार ८८ दशमलव ०७ विन्दुमा झरेको छ ।
यस दिन ३०९ धितोपत्रको एक करोड ८५ लाख ८९ हजार ३७९ कित्ता शेयर एक लाख २८ हजार ३५६ पटक कारोबार हुँदा ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८२९ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
अघिल्लो कारोबार दिन गत बुधबार ३०४ धितोपत्रको एक करोड ७१ लाख ७२ हजार १४९ कित्ता शेयर एक लाख ११ हजार ९८० पटक कारोबार हुँदा ६ अर्ब २७ करोड ४३ लाख २४ हजार ८११ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
आज १४ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा माथिदेखि सर्किट लेबलसम्म कारोबार भएको छ भने १३ वटा मध्ये चार वटा समूह बढेका छन् र बाँकी समूह घटेका छन् ।
FACEBOOK COMMENTS