काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १ दशमलव ८१ विन्दुले बढेको छ । यससँगै नेप्से सूचक २०८९ दशमलव ८८ अंकमा आएको छ ।
यो सेसनमा ३४ लाख ३७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल ६२ कम्पनीको १२ हजार ३८ कित्ता सेयर कारोबार भएको छ।
जसमा ३० कम्पनीको भाउ बढ्दा १६ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १ सय ६९ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS