काठमाडौं । सेयर बजारमा बिहीबार झिनो अंकले गिरावट आएको छ ।
सेयर बजार परिसूचक नेप्से आज १ दशमलव ९३ अंकमा आएर अडिएको छ । यो सँगै परिसूचक २ हजार ६८ दशमलव ९० विन्दुमा पुगेको छ ।
आज ३०३ कम्पनीको १ करोड १६ लाख ५८ हजार ११० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ९ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव ०९ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव ४२ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव १८ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ४५ प्रतिशत गिरावट आएको छ ।
FACEBOOK COMMENTS