काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ ।
बैंकको १० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । नेप्सेका अनुसार बैंकको १ करोड ६ लाख ९८ हजार ९४ दशमलव ४४ कित्ता बोनस सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।
बैंकको असोज ३० गते सम्पन्न २९ औं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर समेत गरी १० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो ।
सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
FACEBOOK COMMENTS