काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्सेमा ८ दशमलव ७५ अंकले घटेको छ ।
यो सँगै परिसूचक २ हजार ६० दशमलव १५ विन्दुमा पुगेको छ । आज ३ सय ६ कम्पनीको १ करोड १८ लाख ९२ हजार ५ सय ५९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव ४२ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव ९ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव ५० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ९ प्रतिशत गिरावट आएको छ ।
FACEBOOK COMMENTS