काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ५५ दशमलव ८६ अंकले घटेको छ । यो सँगै परिसूचक २ हजार ६ सय ४६ दशमलव ०३ विन्दुमा पुगेको छ ।
आज ३ सय २७ कम्पनीको २ करोड १० लाख ४८ हजार ९ सय ११ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार ४ सय २५ रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स २ दशमलव ०६ प्रतिशत, सेन्सेटिभ इन्डेक्स २ दशमलव १९ प्रतिशत, फ्लोट इन्डेक्स २ दशमलव २४ प्रतिशतले सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव ०९ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS