साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार २५ दशमलव ६३ अंकले घटेको छ ।
यो सँगै परिसूचक २ हजार १३० दशमलव १८ विन्दुमा पुगेको छ । आज ३ सय ८ कम्पनीको २ करोड २८ लाख २० हजार २ सय ७९ कित्ता सेयर किनबेच हुँदा अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
जस मध्ये आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ५६ करोड ७९ लाखको कारोबार भएको छ । त्यस्तै हिमाला दोलखा हाइड्रो २२ करोड ९१ लाख, अपि पावरको २० करोड ८२ लाख, नेपाल पुनर्बीमा कम्पनीको २० करोड १३ लाखको कारोबार भएको छ ।
आज कारोबारमा आएका आँखखोला जलविद्युत कम्पनी र समाज लघुवित्तको शेयर मूल्य सर्वाधिक ९ दशमलव ९७ प्रतिशत बढेको छ । त्यस्तै हिमालयन लघुवित्तको शेयर मूल्य ९ दशमलव ९४ प्रतिशत तथा मिड सोलु हाइड्रोको शेयर मूल्य ९ दशमलव ७८ प्रतिशत बढेको छ । त्यस्तै शिवश्री हाइड्रोको शेयर मूल्य ७ दशमलव ४२ प्रतिशत बढेको छ ।
आज सीईडिबि हाइड्रोको शेयर मूल्य सर्वाधिक ८ दशमलव २७ प्रतिशत घटेको छ भने मोलुंग हाइड्रोको शेयर मूल्य ७ दशमलव २६ प्रतिशत घटेको छ ।
FACEBOOK COMMENTS