काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ७८ दशमलव १७ अंकले बढेको छ ।
यो सँगै परिसूचक २ हजार ६ सय ८८ दशमलव ३८ विन्दुमा पुगेको छ । आज ३ सय १८ कम्पनीको १ करोड ९४ लाख ३३ हजार १ सय ५४ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार ६ सय १२ रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स २ दशमलव ९९ प्रतिशत, सेन्सेटिभ इन्डेक्स २ दशमलव ८९ प्रतिशत, फ्लोट इन्डेक्स २ दशमलव ९९ प्रतिशत सेन्सेटिभ फ्लोट इन्डेक्स ३ दशमलव १६ प्रतिशतले बढेको छ ।
FACEBOOK COMMENTS