काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ३ दशमलव ५३ विन्दुले बढेको छ ।
यससँगै सूचक २०९४ दशमलव १७ अंकमा आएको छ । यस सेसनमा ४ करोड २५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा २५ कम्पनीको ४९ हजार ४ सय ६२ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ५९ वटा कारोबार भएको हो । १२ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS