काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार सामान्य अंकले बढेका छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक आज २ दशमलव ११ अंकले बढेको छ ।
योसँगै परिसूचक २ हजार ९ सय ६८ दशमलव ४४ विन्दुमा पुगेको छ । आज ३ सय ३७ कम्पनीको ४ करोड १४ लाख ५४ हजार ६ सय ११ कित्ता सेयर किनबेच हुँदा १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार ७ सय ९२ रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव ०७ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव २३ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव ०९ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ४६ प्रतिशत बढेको छ ।
FACEBOOK COMMENTS