काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएपछि लगातार तेस्रो कारोबार दिन पनि सेयर बजारमा वृद्धि भएको छ ।
साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से १६.२० अंक (०.८० प्रतिशत) ले बढेर २०४५.६३ बिन्दुमा पुगेर रोकिएको छ । मंगलबार नेप्सेसँगै सबै उपसूचकमा वृद्धि भएको छ । वित्त कम्पनी उपसूचक सवार्धिक २.७ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक १.८५ प्रतिशतले वृद्धि भएको छ ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार १ अर्ब ३१ करोड ३० लाखको कारोबार भएको बजारमा मंगलबार ५७ लाख १३ हजार २४८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २९ करोड ९३ लाखको कारोबार भएको छ ।
कारोबारमा आएकामध्ये शिवम् सिमेन्ट लिमिटेडको १५ करोड ९८ लाखको कारोबार भएको छ । यस्तै एभरेष्ट बैंकको १० करोड पाँच लाख र हिमालयन डिस्टिलरीको आठ करोड ४८ लाखको कारोबार भएको छ ।
मंगरबार धेरै मूल्य बढ्नेमा इमर्जिङ नेपाल लिमिटेड रहेको छ । कम्पनीको सेयरमूल्य ८.०१ प्रतिशतले वृद्धि गणपति लघुवित्तको सेयरमूल्य ६.९४ प्रतिशतले बढेको छ । यता सिभिल बैंक डिवेञ्चर २०८८ को मूल्य ७.७५ प्रतिशतले गिरावट भएको छ । यस्तै ग्लोबल आइएमई बैंक डिवेञ्चर २०८०/८१ को मूल्य ५.७० प्रतिशतले घटेको छ । सूचीकृत कम्पनीमा तारागाउँ रिजेन्सी होटेलको सेयरमूल्य ३.२६ प्रतिशतले घटेको छ ।
कारोबार अवधिभर १८० कम्पनीको सेयर कारोबार भएकोमा १४६ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै २९ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ५ सूचीकृत कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।
FACEBOOK COMMENTS