काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार आज १५ दशमलव ३७ प्रतिशतले घटेर नेप्से परिसूचक दुई हजार ४८ दशमलव ५७ विन्दुमा रोकिएको छ ।
यस दिन ३१५ धितोपत्रको एक करोड ८५ लाख ५२ हजार ७०५ कित्ता शेयर ५२ हजार ३१७ पटक खरिदबिक्री हुँदा चार अर्ब ३१ करोड ३० लाख १७ हजार ७१३ रुपैयाँ ५० पैसा बराबरको शेयर कारोबार भएको छ ।
नेप्से इन्डेक्सका साथै आज सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्स सबैमा ०.७१ देखि ०.८५ प्रतिशतसम्मले घटेका छन् । यस्तै, १३ वटामध्ये ट्रेडिङ इन्डेक्सबाहेक सबै उपसूचकहरू घटेका छन् । आज ट्रेडिङ इन्डेक्स ०.६५ प्रतिशतले बढेको छ ।
तोलामा २६ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
