काठमाडौं । आज सोमबार नेप्से परिसूचक ६ दशमलव २६ अङ्कले घटेर दुई हजार १२ विन्दुमा कायम हुँदा गुराँस लघुवित्त वित्तीय संस्था र माई खोला हाइड्रो पावर लिमिटेडका शेयरधनीले सर्वाधिक कमाइ गरेका छन् भने रिभर फल्स पावर लिमिटेडका शेयरधनीले सर्वाधिक गुमाएका छन् ।
आजको शेयर बजारमा गुराँस लघुवित्त वित्तीय संस्था र माई खोला हाइड्रो पावर लिमिटेडको शेयर मूल्य १०÷१० प्रतिशतले वृद्धि भएको छ । यस्तै, महुली लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ४४, तारागाउँ रिजेन्सी होटेल्सको ७ दशमलव २५ र ८.५% प्रभु बैंक डिवेञ्चर २०७८ को शेयर मूल्यमा ६ दशमलव ३४ प्रतिशतले वृद्धि आएको छ ।
यस्तै, रिभर फल्स पावरको ९ दशमलप ९८, हिमालयन हाइड्रो लिमिटेडको ६ दशमलव २७, अपर लाहोरे खोला हाइड्रोको ६ दशमलव १७, धवलागिरी लघुवित्त वित्तीय संस्थाको ५ दशमलव ७३ र एनआईसी एशिया ग्रोथ फण्डको शेयर मूल्य ३ दशमलव ५६ प्रतिशतले घटेका छन् ।
सामान्य अङ्कले घट्यो नेप्से, दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट
FACEBOOK COMMENTS