काठमाडौं । साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि शेयर बजारमा करिब २९ अङ्कको उछाल आएको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार आज २८ दशमलव ६२ अङ्कले बढेर नेप्से परिसूचक दुई हजार २७ दशमलव ५१ विन्दुमा उक्लिएको छ ।
यस दिन ३२० धितोपत्रको ९८ लाख ५५ हजार २८५ कित्ता शेयर ५९ हजार ८५६ पटक खरिदबिक्री हुँदा चार अर्ब ८ करोड ८८ लाख ५३ हजार ६६४ रुपैयाँ ८० पैसा बराबरको शेयर कारोबार भएको छ ।
आज नेप्से इन्डेक्सका साथै सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्समा १.०१% देखि १.४३% सम्मले वृद्धि भएको छ । यस्तै, १३ वटा उपसूचकहरू सबैमा आज हरियाली छाएको छ ।
अघिल्लो कारोबार दिन सोमबार २४ दशमलव ३९ अङ्कले बढेर नेप्से परिसूचक एक हजार ९९८ दशमलव ८९ विन्दुमा रोकिएको थियो भने तीन अर्ब ४० करोड ८६ लाख ८ हजार १५७ रुपैयाँ ९१ पैसा बराबरको शेयर कारोबार भएको थियो ।
आज कारोबारमा आएका धितोपत्रमध्ये समाज लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको १०/१० प्रतिशत तथा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था र मानुसी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा ९.९९ र ९.९८ प्रतिशतले वृद्धि आएको छ ।
यस्तै, आज हिमालय ऊर्जा विकास कम्पनी, एनएमबि–५०, मेगा म्युच्युअल फण्ड–१, नेपाल इन्भेष्टमेन्ट डिवेञ्चर २०८२ र ग्लोबल आईएमई बैंक डिवेञ्चर २०८६/०८७ को शेयरमूल्य २ देखि ४.६४ प्रतिशतसम्मले घटेका छन् ।
FACEBOOK COMMENTS