काठमाडौं । साताको दोस्रो कारोबार दिन आज मंगलबार नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार आज ९ दशमलव १९ अङ्कले बढेर नेप्से परिसूचक दुई हजार ३६ दशमलव ०१ विन्दुमा रोकिएको छ ।
यस दिन ३१५ धितोपत्रको ९७ लाख ८९ हजार ४१६ कित्ता शेयर ७२ हजार २६१ पटक खरिदबिक्री हुँदा चार अर्ब १४ करोड ३७ लाख ८३ हजार ९८९ रुपैयाँ ११ पैसा बराबरको शेयर कारोबार भएको छ ।
नेप्से इन्डेक्सका साथै आज सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्स सबैमा ०.२१ देखि ०.४८ प्रतिशतसम्मले बढेका छन् । यस्तै, १३ वटामध्ये होटेल एण्ड टुरिजम, उत्पादन र माइक्रोफाइनान्स उपसमूह आज घटेका छन् भने बाँकी बाहेक सबै उपसूचकहरू बढेका छन् ।
अघिल्लो कारोबार दिन आइतबार नेप्से २२ दशमलव ७५ अङ्कले बढेर दुई हजार २६ दशमलव ८१ विन्दुमा रोकिएको थियो भने चार अर्ब २५ करोड ६६ लाख ७६ हजार ३३३ रुपैयाँ ५६ पैसा बराबरको शेयर कारोबार भएको थियो ।
आज कारोबारमा आएका धितोपत्रमध्ये जानकी फाइनान्सको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
FACEBOOK COMMENTS