काठमाडौं । आज मंगलबार नेप्से परिसूचक ९ दशमलव १९ अङ्कले बढेर दुई हजार ३६ दशमलव ०१ विन्दुमा कायम हुँदा तीन वटा फाइनान्स कम्पनीका शेयरधनीले कमाइ गरेका छन् भने चार वटा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् ।
आज सर्वाधिक कमाइ गर्ने पाँच कम्पनीमा जानकी फाइनान्स कम्पनी (१०%), नेपाल फाइनान्स (९.००%) र पोखरा फाइनान्स (९.९९%) छन् । यस्तै, इमर्जिङ नेपाल (८.४५%) र प्रभु स्मार्ट फण्ड (८.३०%)ले पनि आज कमाइ गरेका छन् ।
यसैगरी, आज सर्वाधिक गुमाउने पाँच कम्पनीहरूमा विन नेपाल लघुवित्त वित्तीय संस्था (१०%), महुली लघुवित्त वित्तीय संस्था (५.३३%), सबैको लघुवित्त वित्तीय संस्था (४.४२%), समता घरेलु लघुवित्त वित्तीय संस्था (४.४२%) र बुद्धभूमी हाइड्रोपावर कम्पनी (३.९६%) छन् ।
सामान्य अङ्कले बढ्यो शेयर बजार, विन नेपाल लघुवित्तको शेयर मूल्यमा सर्किट
FACEBOOK COMMENTS