काठमाडौं । बिहिबार शेयर बजार परिसूचक नेप्से सामान्य घटेको छ ।
आज नेप्से सूचक ५.८७ अंकले घटेर २०४४.७२ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका २२५ कम्पनीका ३९ लाख ८ हजार ३ सय ९५ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब ६४ करोड २६ लाख ४८ हजार ५ सय ८६ रुपैयाँ ५० पैसा बराबरको शेयर कारोबार भएको छ ।
जस मध्ये शिवम् सिमेन्टको सबैभन्दा धेरै १७ करोड ८० लाखको कारोबार भएको छ भने एनआईसी एसिया बैंकको ११ करोड २२ लाख कारोबार भएको छ । त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको ६ करोड २८ लाखको कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ६ करोड २ लाखको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये सेन्ट्रल फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै ३.१६ प्रतिसतले बढेको छ भने जनउत्थान सामुदायिक लघुवित्तको शेयर मूल्य २.७४ प्रतिशतले बढेको छ ।
आज आईसीएफसी फाइनान्सको ऋणपत्रको शेयर मूल्य सर्वाधिक ६.७१ प्रतिशतले घटेको छ भने किसान लघुवित्तको शेयर मूल्य ५.३५ प्रतिशतले तथा साधना लघुवित्तको शेयर मूल्य ४.४५ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS