काठमाडौं । आज मंगलबार नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले घटेर एक हजार ९९१ दशमलव ७१ विन्दुमा कायम हुँदा ‘१०.७५% एसबीएल डिबेञ्जर २०८९’लगायत पाँच कम्पनीका शेयरधनीले सर्वाधिक कमाइ गरेका छन् भने रुरु जलविद्युत् परियोजनालगायत पाँच कम्पनीका शेयरधनीले सर्वाधिक गुमाएका छन् ।
नेपाल स्टक एक्सजेञ्जका अनुसार आज सर्वाधिक कमाइ गर्नेहरूमा १०.७५% एसबीएल डिबेञ्जर २०८९ (९.९९%), गोर्खाज फाइनान्स (९.९६%), सिभिल बैंक डिबेञ्चर २०८८ (८.१९%), ग्रिन डेभलपमेन्ट बैंक (५.०२%) र दिव्यश्वरी हाइड्रोपावर कम्पनी ((४.०४%) छन् ।
यसैगरी, आज सर्वाधिक गुमाउने पाँच कम्पनीहरूमा रुरु जलिविद्युत् परियोजना (१०%), पोखरा फाइनान्स (६.७४%), सीवाईसी नेपाल लघुवित्त (६.५०%), दोल्ती पावर कम्पनी (५.६०%) र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था (५.०६%) छन् ।
करिब १५ अङ्कले घट्यो शेयर बजार, नेप्से इन्डेक्स दुई हजारबाट लाग्यो ओरालो
FACEBOOK COMMENTS