काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहीबार शेयर बजारमा सामान्य गिरावट आएको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार आज ३ दशमलव २४ अङ्कले घटेर नेप्से परिसूचक एक हजार ९६५ दशमलव ९३ विन्दुमा रोकिएको छ ।
यस दिन ३०३ धितोपत्रको ६३ लाख १२ हजार ५५२ कित्ता शेयर ४२ हजार १६ पटक खरिदबिक्री हुँदा दुई अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँ १२ पैसा बराबरको शेयर कारोबार भएको छ ।
आज नेप्से इन्डेक्सका साथै सेन्सेटिभ र फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्समा ०.१०% देखि ०.१६% सम्मले गिरावट आएको छ । यस्तै, १३ वटा उपसूचकहरूमध्ये फाइनान्स, जीवन बीमा, म्युच्युअल फण्ड, निर्जीवन बीमा र व्यापार समूह हरियाली देखिएका छन् भने बाँकी सबै उपसूचकहरू राताम्मे भएका छन् ।
कारोबारमा आएका धितोपत्रमध्ये पल्टी प्रपोज फाइनान्सको शेयर मूल्यमा आज सबै भन्दा धेरै वृद्धि भइ प्रतिकित्ता ३८ रुपैयाँ ६० पैसाले बढेको छ । यो वृद्धि ९.९९ प्रतिशत हो । यस्तै, आजको बजारमा सबैको लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा ६.०९ प्रतिशतले गिराट आएको छ । सो कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४७ रुपैयाँले घटेको छ ।
