काठमाडौं । साताको तेस्रो कारोबार दिन आज मंगलबार शेयर बजार सामान्य अङ्कले बढेको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार आज २ दशमलव ६ अङ्कले बढेर नेप्से परिसूचक एक हजार ९६० दशमलव ८१ विन्दुमा उक्लिएको छ ।
यस दिन ३१४ धितोपत्रको ५० लाख ६४ हजार ३८ कित्ता शेयर ३८ हजार २१४ पटक खरिदबिक्री हुँदा दुई अर्ब १४ करोड ५ लाख २ हजार ६२१ रुपैयाँ ७७ पैसा बराबरको शेयर कारोबार भएको छ ।
आज नेप्से इन्डेक्सका साथै सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्समा ०.७% देखि ०.५१% सम्मले वृद्धि भएको छ । यस्तै, १३ वटा उपसूचकहरूमध्ये विकास बैंक, माइक्रोफाइनान्स, म्युच्युअल फण्ड र अन्य समूह बढेका छन् भने बाँकी सबै उपसूचकहरू घटेका छन् ।
अघिल्लो कारोबार दिन सोमबार १५ दशमलव ६२ अङ्कले घटेर नेप्से परिसूचक एक हजार ९५८ दशमलव ७५ विन्दुमा रोकिएको थियो भने दुई अर्ब ८९ करोड १३ लाख १९ हजार ९७९ रुपैयाँ ८८ पैसा बराबरको शेयर कारोबार भएको थियो ।
FACEBOOK COMMENTS