काठमाडौं ९ साउन । सोमबार शेयर बजार ५४ दशमलव ४५ अंकले बढेर २१३२ दशमलव ९६ विन्दुमा पुगको छ । मौद्रिक नीति आएको पहिलो कारोबारको दिन आइतबार बजार ६१ अंकले बढेको थियो भने दोस्रो दिन सोमबार ५४ दशमलब ४५ अंकले बढेको छ ।
सोमबार सबै समूहको शेयर उकालो लागेको छ । सोमबार फाइनान्स, माइक्रो फाइनान्स, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अंकले बढेको छ । जसका कारण समग्र बजारमा प्रभाव परेको हो । आज २१४ वटा कम्पनीका ९९ लाख ४४ हजार ४८ कित्ता शेयर किनबेचबाट ४ अर्ब १० करोड ६८ लाख १८ हजार ९४२ रुपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको १५ करोड २९ लाख र अरुण काबेली जलविद्युतको १४ करोड ५२ लाख रुपैयाँको शेयर किनबेच भयो । आज नारायणी विकास बैंक, मल्टिपर्पोज फाइनान्स, समृद्धि फाइनान्स, सूर्योदय वमी लघुवित्त, मानुषी लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, युनाइटेड मर्दी हाइड्रो र बलेफी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।
त्यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि आज बढेको छ । सेन्सेटिभ इन्डेक्स ९ दशमलव ०५ अंकले बढेर ४०७ दशमलव ३८ अंक पुगेको छ ।
FACEBOOK COMMENTS