![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । साताको दोस्रो कारोबार दिन आज सोमबार शेयर बजार उत्साहजक रूपमा वृद्धि भएको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार आज २७ दशमलव ५४ अङ्कले बढेर नेप्से परिसूचक दुई हजार ९२ विन्दुमा उक्लिएको छ ।
यस दिन ३१५ धितोपत्रको एक करोड ३४ लाख ७० हजार ६८९ कित्ता शेयर ८० हजार ९८२ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ८५ करोड ४३ लाख ५४ हजार २१२ रुपैयाँ १९ पैसा बराबरको शेयर कारोबार भएको छ ।
आज नेप्से इन्डेक्सका साथै सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्समा १.३३% देखि १.९९% सम्मले वृद्धि भएको छ । यस्तै, १३ वटा उपसूचकहरूमध्ये फाइनान्स, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूह घटेका छन् भने बाँकी सबै उपसूचकहरू बढेका छन् ।
अघिल्लो कारोबार दिन आइतबार ४५ दशमलव ६९ अङ्कले बढेर नेप्से परिसूचक दुई हजार ६४ दशमलव ४५ विन्दुमा रोकिएको थियो भने पाँच अर्ब २५ करोड १० लाख २४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
FACEBOOK COMMENTS