काठमाडौं । शेयर बजार आज पनि घटेको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार आज १ दशमलव ९३ अङ्कले घटेर नेप्से परिसूचक दुई हजार ७७ दशमलव ८१ विन्दुमा ओर्लिएको छ ।
यस दिन ३२२ धितोपत्रको ८८ लाख १३ हजार ३७४ कित्ता शेयर ५९ हजार ६५० पटक खरिदबिक्री हुँदा चार अर्ब ३८ करोड ८२ लाख ७८ हजार ७२० रुपैयाँ ३८ पैसा बराबरको शेयर कारोबार भएको छ ।
आज नेप्से इन्डेक्सका साथै सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्समा ०.०९% देखि ०.४२% सम्मले घटेको छ । यस्तै, १३ वटा उपसूचकहरूमध्ये बैंकिङ, विकास बैंक, फाइनान्स, जीवन बीमा, उत्पादत तथा प्रशोधन, म्युच्युअल फण्ड, निर्जीवन बीमा र अन्य उपसूचक घटेका छन् भने होटेल एण्ड टुरिजम, हाइड्रोपावर, इन्भेष्टमेन्ट, माइक्रोफाइनान्स र व्यापार उपसमूह बढेका छन् ।
अघिल्लो दिन बुधबार ५ दशमलव ५८ अङ्कले घटेर नेप्से परिसूचक दुई हजार ७९ दशमलव ७१ विन्दुमा ओर्लिएको थियो । त्यस दिन ३०६ धितोपत्रको ८० लाख ४२ हजार ७६७ कित्ता शेयर ४९ हजार ७३३ पटक खरिदबिक्री हुँदा तीन अर्ब ९९ करोड २९ लाख ७६ हजार ४९२ रुपैयाँ ७९ पैसा बराबरको शेयर कारोबार भएको थियो ।
आज कारोबारमा आएकामध्ये इमर्जिङ नेपाल र मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि हुँदै सकारात्मक सर्किट लागेको छ । यस्तै बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९ दशमलव ८८ प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भयो ।
आज, माइखोला हाइड्रोपावर, ज्योति विकास बैंक वण्ड, २०८७ र नारायणयी डेभलपमेन्ट बैंकका शेयरधनीले सर्वाधिक गुमाएका छन् । यस् कम्पनीको शेयर मूल्य आज ५ दशमलव ३१ प्रतिशतदेखि ६ दशमलव ४० प्रतिशतसम्मले घटेका छन् ।
FACEBOOK COMMENTS