काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ५० दशमलव ७३ अंकले घटेको छ ।
यो सँगै परिसूचक २ हजार ६ सय ३७ दशमलव ७९ विन्दुमा पुगेको छ । आज ३ सय २४ कम्पनीको २ करोड ४८ लाख ४६ हजार ७ सय ८२ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार ९ सय ५७ रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स १ दशमलव ८८ प्रतिशत, सेन्सेटिभ इन्डेक्स १ दशमलव ६४ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ८५ प्रतिशत सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ८० प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS