काठमाडौं । साताको तेस्रो कारोबार दिन आज (मंगलबार) शेयर बजारमा अप्रत्याशित रुपमा बृद्धि भएको छ ।
नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि पुनः शेयर बजार ४० मिनेटका लागि कारोबार बन्द भएको छ ।
आज बजार खुलेको एक मिनेटमै पहिलो सर्किट ब्रेक लगेर २० मिनेटका लागि कारोबार बन्द भएको थियो । जहाँ एक मिनेटमै ८२ दशमलव ४८ अङ्कले २१३५ दशमलव ८७ को बिन्दुमा अडिएको थियो ।
दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १०२ दशमलव ६८ अङ्कले बढेर २१५६ दशमलव ०७ बिन्दुमा अडिएको छ ।
शेयर बजारमा एक घण्टाअघि ४ प्रतिशतले नेप्से परिसूचक बढ्दा २० मिनेटलाई ब्रेक लाग्छ । भने, २ घण्टाअघि ५ प्रतिशतले नेप्से परिसूचक बढ्दा ४० मिनेटका लागि ब्रेक लाग्छ । त्यसै गरी ६ प्रतिशतले परिसूचक बढेमा दिनभरिको कारोबारमा ब्रेक लाग्ने गर्दछ । अर्थात् दिनभरको कारोबार नै बन्द हुने गर्दछ ।
FACEBOOK COMMENTS