काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ५ दशमलव २३ विन्दुले बढेको छ ।
यससँगै सूचक २४९१ दशमलव १७ अंकमा आएको छ । यस सेसनमा ४० लाख ९७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ६७ कम्पनीको १४ हजार ३ सय ६० कित्ता सेयर कारोबार भएको छ ।
कुल ४३ कम्पनीको भाउ बढेको छ भने १२ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १४३ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS